इयूका आयुक्त जुट्टा आज नेपाल आउँदै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

इयूका आयुक्त जुट्टा आज नेपाल आउँदै


२५ माघ २०७९, बुधबार


काठमाडौँ । यूरोपेली युनियन (इयू) का आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि आज (बुधबार)नेपाल आउँदै छिन् ।

यूरोपेली युनियनको काठमाडौँस्थित दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउन लागेकी हुन् ।

इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । काठमाडौँस्थित ईयूको राजदूतावासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली सङ्घले तय गरेको रणनीतिका विषयमा समेत भ्रमणका क्रममा छलफल गर्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस