चिकित्सक निर्वाचन : अध्यक्षमा डा. कार्कीको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक निर्वाचन : अध्यक्षमा डा. कार्कीको अग्रता


२४ माघ २०७९, मंगलबार


काठमाडौं । नेपाल चिकित्सक सङ्घ (एनएमए) को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौं उपत्यकाबाहिरको मतगणना सकिएको छ ।

सङ्घका अनुसार मङ्गलवार बिहानसम्म तीन हजार ६४९ मतगणना गरिँदा अध्यक्ष पदमा लोकतान्त्रिक समूहका उम्मेदवार डा. अनिलविक्रम कार्कीले अग्रता लिएका छन् ।

उनले दुई हजार ०४९ मत ल्याएका छन् । प्रगतिशील समूहका उम्मेदवार डा. सन्तोष पौडेलले एक हजार ३५४ मतसहित उनलाई पछ्याइरहेका छन् । स्वतन्त्र समूहबाट अध्यक्षका प्रत्याशी डा.शिवजीविक्रम सिलवालले १४२ मत ल्याएका छन् ।

महासचिवमा डा. सञ्जीव तिवारी एक हजार ६४२ मतका साथ अग्रस्थानमा छन् । डा. अमृत भुसालले ८९७ र डा.रक्षा श्रेष्ठले ८८२ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

प्रदेश उपाध्यक्षहरूमा मधेस प्रदेशमा डा. नीरजकुमार सिंह एक हजार ७६८, वाग्मती प्रदेशमा डा. प्रकाश बुढाथोकी एक हजार ९२५, गण्डकी प्रदेशमा डा. राजन शर्मा एक हजार ९७८ र सुदूरपश्चिम प्रदेशमा डा. प्रकान्त भट्ट एक हजार ९४८ मतका साथ अग्रस्थानमा छन् ।

निर्वाचनमा देशभर ६ हजार २९२ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस