अष्ट्रेलियाका आरोन फिन्चद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अष्ट्रेलियाका आरोन फिन्चद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । अष्ट्रेलियाका ओपनर ब्याटर आरोन फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

अष्ट्रेलियाको टी-ट्वान्टीका पूर्व कप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

ब्याटर फिन्चले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे पनि घरेलु लिगहरू खेल्ने छन् ।

फिन्चले बिग बास लिग र अन्य घरेलु टी-ट्वान्टी लिगहरू खेल्ने छन् । फिन्चले गत सेप्टेम्बरमा एक दिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए ।

फिन्चले अष्ट्रेलियाका लागि ५ टेस्ट, १४६ एक दिवसीय र १०३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

सन्यास घोषणा गर्दै फिन्चले अष्ट्रेलियाका लागि खेल्न पाउनु अविश्वसनीय सम्मान भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस