करारमा कर्मचारी भर्ना नगर्न माग गर्दै प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

करारमा कर्मचारी भर्ना नगर्न माग गर्दै प्रदर्शन


२३ माघ २०७९, सोमबार


काठमाडौँ । करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन भएको छ ।

प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरू सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोक सेवा आयोगको भएता पनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले करार पदपूर्ति बन्द गर्नु पर्ने, मधेस प्रदेश लोक सेवा आयोग निष्क्रिय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यतालिका समावेश गरी सार्वजनिक गर्नु पुर्नेलगायतका माग गरेका थिए ।

उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्प्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन समेत माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री यादवले कम्प्युटर अपरेटर सम्बन्धी पदको विज्ञापन खुलाउन ऐन संशोधन गरी समावेश गर्ने आश्वासन दिएको विद्यार्थी इन्दु सिंहले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस