चितवन २ को उपनिर्वाचन जसरी पनि काँग्रेसले जित्नुपर्छ : शेखर कोइराला « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

चितवन २ को उपनिर्वाचन जसरी पनि काँग्रेसले जित्नुपर्छ : शेखर कोइराला


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले चितवन २ को उपनिर्वाचन जसरी पनि काँग्रेसले जित्नुपर्ने बताएका छन्। काँग्रेस जिल्ला कार्यसमिति चितवनको अन्तरक्रिया तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै उनको सांसद पद गएको थियो। यो सँगै यो क्षेत्रको सांसद पद रिक्त रहेको छ।

नेता कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथिको धम्की र आक्रमण सह्य नहुनेसमेत बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा न्यायालयको धज्जी उडाउने खालको टिप्पणी गरेको र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप र दिएको धम्कीप्रति लक्षित गर्दै काँग्रेस नेता कोइरालाले भने, ‘स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी काँग्रेसलाई स्वीकार्य हुँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस