मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद


२३ माघ २०७९, सोमबार


काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतले पाण्डेलाई ७ वर्षको कैद सजाय हुने फैसला सुनाएको हो । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् । 

काठमाडौँ जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो । 

मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो । 

सोमबार मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाए लगत्तै पाण्डे अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस