काठमाडौँ महानगरमा ५ विभागीय प्रमुख हेरफेर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरमा ५ विभागीय प्रमुख हेरफेर


२३ माघ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ५ जना विभागीय प्रमुखहरूको हेरफेर भएको छ । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारी खरिद इकाईमा सरुवा भएका छन् भने खरिदका ध्रुव काफ्ले राजस्व विभागमा गएका छन् ।

यस्तै कृषि तथा वातावरण विभागकी उपनिर्देशक सरिता राई प्रशासन विभागमा सरुवा भएकी छिन् भने उनको ठाउँमा विपद् व्यवस्थापन विभागका रवीनमान श्रेष्ठ सरुवा भएका छन् । यस्तै प्रशासन विभागका निर्देशक नवराज थापा विपदमा सरुवा भएका छन् ।

नवौँ तहको कर्मचारीहरूको २ वर्ष भन्दा धेरै समयसम्म एकै स्थानमा बसिसकेकोले विभागीय प्रमुखहरूको सरुवा गरिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस