सन्दीपलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सन्दीपलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल भ्रमणमा आएका पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् ।

बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ ।

यही बेला नेपाल भ्रमणमा आएका रिजवानले सोमबार बिहान लामिछानेसहित राष्ट्रिय क्रिकेटरहरूसँग भेटेका हुन् ।

यसअघि आइतबार नै रिजवानले नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दलाई भेटेका थिए । रिजवान सोमबार मध्यान्ह स्वदेश फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस