बार्सिलोनालाई आठ अंकको अग्रता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बार्सिलोनालाई आठ अंकको अग्रता


२३ माघ २०७९, सोमबार


काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियालाई ३-० ले पराजित गरेको छ।

शीर्ष स्थानको बार्साले जितसँगै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी बढाएको छ। घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले एकपक्षीय खेल प्रदर्शन गर्‍यो। पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन्।

५८ औँ मिनेटमा जोर्डी अल्बाको गोलबाट बार्साले खाता खोल्यो। ७० औँ मिनेटमा गाभीले गोल गर्दै अग्रता दोब्बर बनाए। ७९ औँ मिनेटमा बार्सिलोनाले राफिन्हाले गोल गर्दै जित सुनिश्चित गर्‍यो।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी ८ बनाएको छ। बार्सिलोनाको २० खेलमा ५३ अंक छ । दोस्रो स्थानको रियालको समान खेलमा ४५ अंक छ।

गए राति रियालले भने मियोर्कासँग १–० को हार व्यहोर्यो।

Tags :
प्रतिक्रिया दिनुहोस