इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनह्याम विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनह्याम विजयी


२३ माघ २०७९, सोमबार


काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा टोटेनह्याम १-० ले विजयी भएको हो ।

टोटेनह्यामको जितमा खेलको १५औं मिनेटमा ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो । हारपछि शीर्ष स्थानमा पुग्ने होडमा रहेको म्यानचेस्टर सिटीलाई धक्का लागेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलमा ४५ अङ्क छ ।

जितपछि टोटेनह्यामको भने २२ खेलमा ३९ अङ्क छ । टोटेनह्याम अङ्क तालिकाको पाँचौँ स्थानमा छ । यस्तै गए राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्ट विजयी भएको छ । लिड्स युनाइटेडलाई १-० गोल अन्तरले हराउँदै नटिङ्घम फरेस्ट विजयी भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस