ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

त्यस्तै सोमबार नै सोमबार नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ट्रेजरी बिलको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस