स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनमा


२२ माघ २०७९, आइतबार


काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनमा ल्याउने कार्यको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरेका छन् । 

आजदेखि प्रारम्भ भएको रेभेन्यू मोड्यूल प्रणालीको प्रयोग सम्बन्धित स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्चालन गर्न गृहमन्त्री पौडेलले निर्देशनसमेत दिएका छन् । 

उनले महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायहरूले कानुनी अधिकारको प्रयोग गर्दै दैनिक कार्य सञ्चालनका काम भन्दा माथि उठेर थप सिर्जनशील प्रयासहरू गर्नुपर्ने धारणा व्यक्त गरे । आन्तरिक लेखा परीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस