वनलाई उत्पादनमूलक बनाई रोजगारी सिर्जना गर्नुपर्छ : सचिव डा.पौडेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

वनलाई उत्पादनमूलक बनाई रोजगारी सिर्जना गर्नुपर्छ : सचिव डा.पौडेल


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नवनियुक्त वन तथा वातावरण कायम मुकायम सचिव डा. रेवती रमण पौडेलले बनलाई उत्पादनमूलक बनाएर रोजगारी सिर्जना गर्नु पर्ने बताएका छन् ।

जङ्गलको संरक्षणसँगै समृद्धि ल्याउनेतर्फ ध्यान दिनुपर्ने बताउँदै उनले जडीबुटी खेती, अनुसन्धान, प्रशोधनलगायत वन पैदावारलाई उद्योगसँग जोडी रोजगारी सृजना गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् ।

शुक्रवार पद बहालीसँगै कामु सचिव पौडेलले काठ तथा काठजन्य वस्तु आयात प्रतिस्थापन गर्न नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेकोसमेत जानकारी दिए ।

कृषि र वन नङ र मासु जस्तै भएको भन्दै उनले यी दुबैलाई सँगसँगै अघि बढाउन सके मात्रै कृषकहरूले नवपैदावारबाट मनग्य फाइदा लिन सक्ने र कतिपय खेर गई रहेका चिजवस्तूहरुकोसमेत सदुपयोग हुने धारणा राखे ।

Tags :
प्रतिक्रिया दिनुहोस