आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आज राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ता


२२ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ।

संघीय संसद सचिवालयका अनुसार अपराह्न दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ। राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो।

राष्ट्रिय सभा उपाध्यक्षमा काँग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन।

यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी दलहरूको बैठक आज पनि बस्ने भएको छ। शनिवार सिंहदरवारस्थित नेपाली काँग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन।

Tags :
प्रतिक्रिया दिनुहोस