सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सहमति नभए बहुमतबाटै प्रदेशको नामाकरण : मुख्यमन्त्री कार्की


२१ माघ २०७९, शनिबार


झापा । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् ।

झापाको बिर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिबाट नामकरण गर्ने आफ्नो योजना बताए ।

‘अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौँ’, उनले भने, ‘सहमति जुटेन भने बहुमतबाट भए पनि नामकरण हुन्छ ।’ हाल प्रदेश नं १ बाहेकका प्रदेशको नामाकरण भइसकेको छ । यसअघि प्रदेश नं १ को नामकरण प्रयासमा आफ्नो दल सहयोगी बन्न खोज्दा पनि सफल नबनेको दाबी गर्दै नेकपा (एमाले) स्थायी कमिटीका सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले भने, ‘हाम्रा कारणले नामकरण रोकिएको होइन ।’

उनले प्रदेश नं १ मा पुरानो सञ्चार प्रतिष्ठान ब्युँताउने जानकारी दिए । मुख्यमन्त्री कार्की प्रदेशको पहिलो सरकारका बेला आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री थिए । त्यस बेला आफूले नै सञ्चार प्रतिष्ठान गठन गरेको प्रसङ्ग जोड्दै उनले अब कानुन नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताए ।

पत्रकार उपचार कोष सञ्चालन र पेसागत सुरक्षाका लागि प्रदेश सरकारले के९कस्तो सहयोग गर्नुपर्छ भनेर चाँडै नै नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल र पत्रकारहरूको सङ्घ सङ्गठनसँग परामर्श गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

अग्रज पत्रकार सम्मानित
प्रेस चौतारी झापाले आज प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारलाई सम्मानित गरेको छ । मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । सम्मानित अग्रज पत्रकारमा नकुल काजी, गोविन्द चन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहेका छन् ।

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुन् । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका अग्रज हुन् । पकुवालाई मरणोपरान्त सम्मान प्रदान गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस