सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको माइतीघरमा विरोध प्रदर्शन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको माइतीघरमा विरोध प्रदर्शन


२१ माघ २०७९, शनिबार


काठमाडौँ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ।

शनिबार दिउँसो माइतीघर मण्डलामा नेपाल क्रिकेट सङ्घ क्यानविरुद्ध प्रदर्शन भएको हो। क्यानले बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई समेट्दै लिग डिभिजन टु अन्तर्गत नेपालमा हुने नामेबिया र स्कटल्यान्डसँगको खेलका लागि २० जनालाई क्याम्पमा बोलाएको थियो।

क्रिकेटर लामिछाने शुक्रवारबाट नियमित अभ्यासमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस