मलेसियाका गृहमन्त्री आज स्वदेश फर्कँदै « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मलेसियाका गृहमन्त्री आज स्वदेश फर्कँदै


२१ माघ २०७९, शनिबार


fuddin_nasustion

काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् ।

बिहीबार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुसनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रमशक्तिका बारेमा छलफल गरेका थिए ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सूक्ष्म तरिकाले अध्ययन गरेर आवश्यकता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने ‘नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

उता: मलेसियाका गृहमन्त्री सैफुदिन नासुनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।

मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरूका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ । मलेसियामा भइरहेका नेपालीहरूको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।’ उनका अनुसार मलेसियालीलाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालबाट लानका लागि आफूहरू तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए । सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री नासुसनले जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस