एलपीएलको सातौँ संस्करण आजबाट धनगढीमा सुरु हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एलपीएलको सातौँ संस्करण आजबाट धनगढीमा सुरु हुँदै


२१ माघ २०७९, शनिबार


धनगढी । धनगढीमा आजबाट विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) सुरु हुँदै छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

बिहान साढे १० बजे एक समारोहकाबीच प्रदेश प्रमुख देवराज जोशीले एलपीएलको सातौँ संस्करणको उद्घाटन गर्ने लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्य सहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस