क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी पक्राउ परेका छन् ।

क्याम्पस प्रमुख बरालको राजीनामा पत्र आफैँले तयार पारी जबरजस्ती हस्ताक्षर गर्न लगाएर ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् ।

उक्त क्याम्पसमा ‘पासआउट’ भइसकेका जोशी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य समेत हुन । उनलाई प्रहरीको कालीमाटी वृत्तले पक्राउ गरी सोह्रखुट्टै वृत्तलाई अनुसन्धानका लागि हस्तान्तरण गरेको छ ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले राजीनामा दिन धम्क्याएर बन्धक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरीपछि आफूहरूले अनुसन्धान थालेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस