सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउन छुट्टै मन्त्रालयको आवश्यकता : अर्थ सचिव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउन छुट्टै मन्त्रालयको आवश्यकता : अर्थ सचिव


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । अर्थ सचिव तोयम रायाले सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउनका लागि आफूले छुट्टै मन्त्रालयको आवश्यकता देखेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै सचिव रायाले यस्तो बताएका हुन् । 

उनले सूचना र प्रविधिको बजार क्षण भरमै फेरिने भएकाले त्यसको व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको स्पष्ट पारे ।  

रायाले सूचना प्रविधिको प्रयोगका लागि बजेटको अभाव हुन नदिन पनि ध्यान दिनुपर्ने बताए । उनले सूचना प्रविधिको बजारमा नेपालको प्रवेश सहज नभएकाले त्यसतर्फ पनि गम्भीर भएर सोच्नुपर्ने बेला आएको स्मरण गराए ।  

Tags :
प्रतिक्रिया दिनुहोस