देशको फाइदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौँ : मुख्य सचिव बैरागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशको फाइदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौँ : मुख्य सचिव बैरागी


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले सूचना प्रविधिको सही प्रयोग गर्न आग्रह गरेका छन् । 

देशलाई फाइदा हुनेगरी हरेक निकायले त्यसको ठिक ढङ्गले प्रयोग गर्नुपर्ने मुख्यसचिव बैरागीको भनाई थियो । 

मुख्यसचिव बैरागीले सूचना प्रविधिको सही प्रयोग नभए त्यो हरेकका लागि खतरानाक साबित हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पारे ।  

शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको पनि औँल्याए । उनले सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।  

सूचना प्रविधिको प्रयोगले जनतालाई सशक्त बनाउने भएकाले यसको प्रयोग पनि सोही अनुसार हुनुपर्ने उनले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस