सांसद चौधरीको रिहाइको माग गर्दै कैलालीमा प्रदर्शन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सांसद चौधरीको रिहाइको माग गर्दै कैलालीमा प्रदर्शन


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । पक्राउ परेका सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ को लम्कीमा राँके जुलुस प्रदर्शन गरेको छ ।

बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरी आजै कारागार चलान भएका छन् । उनको निशर्त रिहाइ गर्नुपर्ने माग गर्दै उन्मुक्तिले लम्की बजारमा राँके जुलुस निकालेको हो ।

र्‍यालीपछि आयोजित कोण सभालाई पार्टीका प्रवक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेश्वर चौधरीलगायतले सम्बोधन गरेका छन् । चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी दिएको छ । यसअघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सांसद चौधरी बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए। ट्याक्टर जलाएको मुद्दामा सांसद चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो । चौधरी अहिले कैलाली कारागारमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस