मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले १३ सदस्यीय मन्त्रिपरिषद् जिम्मेवारीसहित पुनर्गठन गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार हुँदा अझै एक मन्त्रालयमा कार्य विभाजन हुन बाँकी छ ।

मुख्यमन्त्री सरोज यादवले उद्योग, पर्यटन तथा वाम मन्त्रालय आफैँलाई लिएर अन्य मन्त्रालयलाई भने पूर्णता दिएका हुन् । जसअनुसार १० जना मन्त्री बनेका छन् भने ३ जना राज्यमन्त्री छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस