नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठक भारतमा हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठक भारतमा हुने


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठक आगामी फागुन पहिलो साता भारतमा हुने भएको छ ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेका अनुसार फागुन ४ र ५ गते हुने उक्त बैठकका प्रमुख एजेन्डाहरू सीमापार विद्युत् प्रसारण संरचनाहरूसँग बढी सम्बन्धित छन् ।

बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव घिमिरे र भारतका विद्युत् सचिव आलोक कुमारले गर्नेछन् । बैठक भारतमा गर्ने तय भए पनि कुन सहरमा बस्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको सचिव घिमिरेले बताए ।

गत २७ डिसेम्बरमा नयाँ दिल्लीमा भएको दुई देशका प्राविधिक सहसचिव स्तरीय बैठक ‘ज्वाइन्ट टेक्निकल टिम’ (जेटीटी) ले सचिव स्तरीय बैठक संयुक्त सञ्चालन समिति (जेएससी) का एजेन्डाहरू तय गरेको थियो । 

सहसचिव र सचिव स्तरीय बैठक कुसाहा-कटैया प्रसारण लाइन, रक्सौल-परवानीपुर, टनकपुर, ढल्केबर-मुजफ्फपुर प्रसारण लाइन क्षमता, बुटवल-गोरखपुर प्रसारण लाइनमा केन्द्रित हुनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस