काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. सञ्जीव शर्मा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको निर्णयमा उनी आजदेखि जिम्मेवारी सम्हाल्नेगरी निमित्त उपकुलपति नियुक्त भएका हुन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि शर्मालाई उपकुलपतिको जिम्मेवारी दिइएको हो । उनी यसअघि प्रतिष्ठानका शिक्षाध्यक्ष थिए ।







