नयाँ मिस नेपालका लागि आवेदन खुल्ला « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

नयाँ मिस नेपालका लागि आवेदन खुल्ला


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । ‘मिस नेपाल-२०२३’ को आवेदन खुल्ला भएको छ । आयोजक द हिडन ट्रेजरले बिहीबार काठमाडौँमा एक कार्यक्रमका बीच नयाँ मिस नेपालको लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

अगामी जेठ १३ ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुने प्रतियोगीतामा सहभागीताका लागि इच्छुकबाट चैत १ गतेसम्म आवेदन मागिएको छ । ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले मात्र आवेदन भर्न सक्ने प्रतियोगीतामा निःशुल्क आवेदनको व्यवस्था छ ।

प्रतियोगीताकलाई फराकिलो बनाउन यस पटक आयोजकले ७ प्रदेशमै प्रारम्भिक अडिसन गर्न लागेको छ । जसमा इटहरी,  वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरू मार्च १५ सम्म र काठमाडौंमा मार्च १८ मा हुनेछ ।

प्रतियोगीतामा हरेक वर्ष झैँ ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ विजेता छानिनेछ । मिस नेपालको टाइटल स्पोन्सरमा यो पटक पनि डाबर बाटिका रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस