कुकुरलाई खुल्ला शौच गराए कारबाही हुने  « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

कुकुरलाई खुल्ला शौच गराए कारबाही हुने 


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई खुल्ला शौच गराए कारबाही गर्ने भएको छ ।

महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्क जस्ता सार्वजनिक स्थलमा ल्याएको पाइएमा कारबाही गर्ने’ बताएको हो ।

ललितपुर महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर सहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभाबी शौच गराउँदा वातावरण प्रदूषित हुँदै गएको जनाएको छ ।

कुकुरको दिसा पिसाबमा भएको जीवाणु वातावरणमा फैलँदा मानव स्वास्थ्यमा समेत हानी पुग्ने भन्दै महानगरमा कसैले कुकुरलाई खुल्ला शौच गराए कडा कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस