उपेन्द्र यादवले दिए समर्थन फिर्ता लिने चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपेन्द्र यादवले दिए समर्थन फिर्ता लिने चेतावनी


१९ माघ २०७९, बिहिबार


वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । 

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताविरोधी षड्यन्त्र भइरहेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् । 

उनले भने, ‘यदि सङ्घीयता र समावेशिताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक सङ्घर्षमा उत्रिन्छ।’

सोही क्रममा उनले सडक सङ्घर्षका लागि नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस