राप्रपाबाट योजना आयोगको सदस्यमा जोशी सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राप्रपाबाट योजना आयोगको सदस्यमा जोशी सिफारिस


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीबाट योजना आयोगको सदस्यका लागि डा. गीताभक्त जोशीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीलाई पार्टीको तर्फबाट आयोगमा पठाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

“आजको बैठकबाट हामीले डा। गीताभक्त जोशीलाई योजना आयोगमा पठाउने निर्णय गरेका छौँ,” ती नेताले भने, “हामीले नाम पठाएपछि अब बस्ने मन्त्रिपरिषद् बैठकले उहाँलाई योजना आयोगमा नियुक्ति गर्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस