अर्थ मन्त्रालयद्वारा सहसचिवहरूको कार्य विभाजन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अर्थ मन्त्रालयद्वारा सहसचिवहरूको कार्य विभाजन


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको कार्यविभाजन गरेको छ । अर्थ मन्त्रालयले बिहीबार मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । 

नयाँ कार्यविभाजनसँगै सहसचिव श्रीकृष्ण नेपालले आर्थिक सहायता समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् । यस्तै, धनीराम शर्माले बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसैगरी, झक्क प्रसाद आचार्यले वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारी पाउँदा लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन् । 

यस्तै, ईश्वरीप्रसाद अर्याल वित्तीय सङ्घीयता समन्वय महाशाखा, रितेशकुमार शाक्य राजस्व व्यवस्थापन महाशाखा, सुमन दाहाल आर्थिक नीति विश्लेषण महाशाखा र कमलप्रसाद भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख बनेका छन् ।

यसका साथै, सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका छन् भने शिवलाल तिवारीले भन्सार जाँचपास परीक्षण कार्यालयको जिम्मेवारी पाएको मन्त्रालयले जानकारी दिएको छ ।

सूची

Tags :
प्रतिक्रिया दिनुहोस