रास्वपा सरकारबाट बाहिरिँदैन : प्रमुख सचेतक परियार « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

रास्वपा सरकारबाट बाहिरिँदैन : प्रमुख सचेतक परियार


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तत्काल सरकारबाट बाहिरिन नहुने मत बलियो बनेको छ । पार्टीको केन्द्रीय सदस्यसहित संसदीय दलको बैठकमा सरकारबाट बाहिरिन नहुने पक्षमा देखिएको नेताहरूले बताएका छन् । 

जारी बैठकमा सरकारबाट बाहिरिँदा पर्ने असर र सम्भावित घटना परिघटनालाई ख्याल गरिनुपर्नेमा केही नेताहरूले जोड दिएका छन् । 

केही नेताहरुले भने सरकारबाट बाहिरिएर जनतामा जानुपर्ने धारणा राखेका छन् । 

यही विषयमा मन्थन चलिरहँदा तत्काल सरकारबाट बाहिरिने जस्तो छनक नदेखिएको एक नेताले बताए । 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि पार्टी सरकारबाट नबाहिरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस