‘प्रदेशको नामकरण सहमतिमा नटुङ्गिए प्रक्रियाबाट टुङ्ग्याउँछौँ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘प्रदेशको नामकरण सहमतिमा नटुङ्गिए प्रक्रियाबाट टुङ्ग्याउँछौँ’


१९ माघ २०७९, बिहिबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुङ्ग्याउन नसके प्रक्रियाबाट टुङ्गो लगाउने बताएका छन् ।

विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोसी एक्लो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुङ्गो लगाउने पक्षमा छौँ । सहमति नभए प्रक्रियाबाट भए पनि नामको विषय टुङ्गो लगाउने पक्षमा हामी छौँ,’ उनले भने ।

कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरूले हतार गरेको टिप्पणी पनि गरे । ‘मान्छेहरूले प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरु लेख्नुभएको छ । त्यही संरचनाको चौथो मुख्यमन्त्री बनेर उभिएको छु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भाव भएको हो । ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था आएको छैन,’ कार्कीले भने, ‘कमजोरी सच्याउने प्रयास गरौँ, राम्रो कामको प्रशंसा पनि गरौँ । १४ सदस्यीय मन्त्री मण्डललाई घटाएर हामीले ९ वटामा झारेका छौँ । प्रदेशसभाको सङ्ख्याको १० प्रतिशतभन्दा कम मन्त्री बनाउने हामीले प्रतिबद्धता गरेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस