‘उप-चुप’ होइन, ‘उप-उपर जाने’ हो : उपसभामुख इन्दिरा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘उप-चुप’ होइन, ‘उप-उपर जाने’ हो : उपसभामुख इन्दिरा


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुनुपर्ने बताएकी छन् ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखीकरण कार्यक्रममा उपसभामुख रानाले संसद्मा सांसदहरूसँगै उपसभामुखको भूमिका पनि प्रभावकारी बनाउनुपर्ने बताइन् ।

जनप्रतिनिधिले जनताको चाहनाअनुरूप संसदीय प्रक्रिया र प्रणालीमार्फत जनउत्तरदायी बन्नुपर्ने उनको भनाइ छ ।

‘म आफू पनि संसदीय अभ्यास सिक्ने क्रममा छु । शब्द चयन, विषयवस्तुमाथि विचार र अभिव्यक्ति व्यक्त गर्दा सचेत हुनुपर्छ,’ उनले भनिन्, ‘म उपसभामुख भएर देशका विभिन्न स्थानमा सरोकारवालासँग कुराकानी गर्दै उपसभामुख ‘चुप’ मात्र रहेको भन्ने गुनासो पाएको छु । ‘उप–चुप’ होइन ‘उप उपर जाने’ हो भन्दै आएकी छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस