२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्कको सिडी रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक छ : अध्यक्ष गोल्यान

अ+ अ-

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैङ्कको सिडी रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक रहेको बताएका छन् ।

बुधवार आर्थिक मिडिया सञ्चाल सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैङ्किङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैङ्कले बैङ्कको सिडी रेसियोमा छुट्टै स्पेसल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

उनले राष्ट्र बैङ्कले बैङ्कको सिडी रेसियामा उत्पादन क्षेत्रको लागि छुट्टै स्पेसल व्यवस्था गर्दा पैसा आउन सक्ने बताए । उनले उत्पादनशील क्षेत्रको लागि बैङ्किङ ब्याजदर सिङ्गल अङ्कमा ल्याउन आवश्यक रहेको बताए । उनले उत्पादनशील क्षेत्रमा ब्याजदर कम गर्नको लागि २ प्रतिशत निक्षेपको ब्याजदर घट्न आवश्यक रहेको बताए ।

अध्यक्ष गोल्यानले सरकारले आयातमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । उनले विगतमा राष्ट्र बैङ्कले मौद्रिक नीतिमा उत्पादन र अनुत्पादित क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याए पनि कार्यान्वयन नभएको भन्दै पुनः त्यस्तो नीति ल्याउन आवश्यक रहेको बताए ।

उनले उत्पादनशील क्षेत्रको लागि एकल अङ्क भन्दा ब्याज बढ्न नहुने बताए । उनले बैङ्कको कर्जा लिँदा ७ प्रतिशत ब्याजबाट १५ प्रतिशत पुग्दा व्यवसायीहरूले धान्न सक्ने अवस्था आएको बताए ।

अध्यक्ष गोल्यानले पछिल्लो समय उद्योगी व्यवसायीहरूलाई समस्या पर्नुको मुख्य कारण बैङ्कहरूमा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसक्ने भएको बताए । उनले सरकारले मुलुक आयातमुखी नभई आत्मनिर्भर हुनको लागि नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिबन्ध गर्न आवश्यक रहेको बताए ।