घनश्याम भुसाल एकीकृत समाजवादीको बैठकमा सहभागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घनश्याम भुसाल एकीकृत समाजवादीको बैठकमा सहभागी


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन् । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् । 

एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलो पटक सहभागी भएका हुन् । 

उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ । सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन् । जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस