कालीगण्डकीको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण « प्रशासन
Logo १८ चैत्र २०७९, शनिबार
   

कालीगण्डकीको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । अयोध्यास्थित राम जन्मभूमिमा भगवान् रामको मूर्ति निर्माणका लागि नेपालको कालीगण्डकी नदीबाट लगिएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार अयोध्यामा एक समारोहबीच जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रस्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गरेका हुन् । समारोहमा विधिवत् पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तान्तरण समारोहमा पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित सयौँ मानिसहरूको सहभागिता थियो ।

रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालिगण्डकी नदीबाट शिला लगिएको हो । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्‍याउने क्रममा बाटोमा हजारौँ भक्तजनले शिलालाई रामको स्वरूप मानेर पूजाआजा गरेका थिए ।

लामो समयको विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस