संसद सचिवालयद्वारा सांसदलाई २ दिने तालिम « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संसद सचिवालयद्वारा सांसदलाई २ दिने तालिम


१९ माघ २०७९, बिहिबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदलाई २ दिने अभिमुखीकरण तालिम कार्यक्रम शुरु गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से भवनमा बिहीबारदेखि सुरु भएको सो कार्यक्रम शुक्रबारसम्म चल्नेछ ।

सांसदहरुलाई संसदीय विधि र प्रक्रियाका बारेमा अभिमुखीकरण गर्न सचिवालयले २ दिने संसदीय अभ्यास र प्रक्रियाका बारेका अभिमुखीकरण तालिम राखिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरणका लागि विषय विज्ञका रूपमा पूर्व सभामुख सुवास नेम्वाङ, युवराज खतिवडा, माधव पौडेल लगायतका विज्ञहरू रहेका छन् । सो अवसरमा सांसदहरुलाई संसदीय विधि, प्रक्रिया, मूल्य मान्यता र अभ्यासका बारेमा प्रशिक्षित गर्ने अपेक्षा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस