‘काँग्रेस सभापतिले एकलौटी विभाग गठन गरे’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘काँग्रेस सभापतिले एकलौटी विभाग गठन गरे’


१९ माघ २०७९, बिहिबार


बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एकलौटी रूपमा विभागहरूमा मनोनयन गरेको आरोप लागेको छ ।

सभापति पुनले विभिन्न २१ वटा विभागका प्रमुखहरू मनोनीत गर्दा सल्लाह नगरी आफू अनुकूल गरेको आरोप लागेको हो ।

प्रदेश सदस्य मोती भण्डारीले आफू जस्तै धेरै प्रदेश सदस्यहरू असन्तुष्ट रहेको बताए ।

उनले विगतमा पनि सभापतिले स्थानीय तह देखि प्रदेशको टिकट वितरणमा एकलौटी गरेको आरोप लगाउँदै अहिले पनि सोही गलत प्रवृत्ति दोहोरिएको बताए ।

लुम्बिनी प्रदेशमा अनुसार ३४ वटा विभाग गठन गर्न मिल्ने छ। त्यसमा २१ विभाग गठन भइसकेपनि १३ विभागले भने पूर्णता पाउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस