प्रहरी हिरासतको पर्खाल फोडेर भागेका थप १ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरी हिरासतको पर्खाल फोडेर भागेका थप १ जना पक्राउ


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरीको टोलीले फरार लागुऔषध मुद्दाका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय विनोदकुमार शर्मालाई बुधबार राति पक्राउ गरेको हो। उनी मिथिला नगरपालिका–१० लाल गढको रातो खोलाको बगर छेउबाट पक्राउ परेका हुन्।

यसअघि मिथिला–२ का २५ वर्षीय हरि दीप सिंह, क्षीरेश्वरनाथ–२ का २५ वर्षीय अमित मण्डल र मिथिला(६ का रोशनकुमार महतो पक्राउ परेका थिए।

सिंहलाई मङ्गलवार राति र मण्डललाई मङ्गलवार दिउँसो पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो।

गत आइतबार राति इलाका प्रहरी कार्यालयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका छ थुनुवा फरार भएका थिए। चार जना पक्राउ परे पनि फरार बाँकी दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस