काँग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली काँग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताए।

उनले संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताए ।

उनले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन र राष्ट्रपतिको निर्वाचनका बारेमा अरु राजनीतिक दलहरूसँग छलफलका क्रममा काँग्रेस रहेको बताए ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति÷उपराष्ट्रपति र सभामुख–उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले सोही अनुसार वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताए ।

उनले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि काँग्रेस छलफलका लागि जाने बताए । प्रमुख सचेतक लेखकले नेपाली काँग्रेस राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस