निर्वाचनमा अन्तर्घात गर्नेसँग जसपाले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

निर्वाचनमा अन्तर्घात गर्नेसँग जसपाले सोध्यो स्पष्टीकरण


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तर्घात गर्नेहरूमाथि स्पष्टीकरण सोध्ने कामलाई तीव्रता दिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगेर पार्टी हित विपरीत काम गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण सङ्कलन गर्ने र बयान लिने कार्य गरिरहेको छ ।

समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरूबारे सत्य तथ्य बुझ्ने कार्य गरिरहेको छ । टोली बुधवार सर्लाहीको मलङ्गवा पुगेको छ ।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरूमाथि निर्वाचनमा अन्तर्घातको आरोप लागेको छ ।

पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस