राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक बिहीबार बस्दैछ। संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो।

प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए। २०७८ फागुन २१ गतेदेखि रिक्त राष्ट्रियसभा उपाध्यक्ष पदका लागि माघ २३ गते निर्वाचन हुँदैछ।

तत्कालीन उपाध्यक्ष शशिकला दाहालको ४ वर्षे कार्यकाल सकिएपछि राष्ट्रियसभा उपाध्यक्षविहीन छ।

Tags :
प्रतिक्रिया दिनुहोस