संघीय निजामती ऐन नबन्दा प्रदेश ऐन निर्माणमा ढिलाइ : मन्त्री शर्मा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघीय निजामती ऐन नबन्दा प्रदेश ऐन निर्माणमा ढिलाइ : मन्त्री शर्मा 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले राजनीतिक सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय सङ्घीयता पनि कार्यान्वयन नभएको बताएका छन्।

प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन नहुँदा सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्न समस्या भएको बताए।

बुधबार सल्यान खलङ्गामा प्रेस सेन्टर नेपाल सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन निर्माणमा ढिलाइ भएको बताए। कार्यालय र कर्मचारी सङ्घ मातहत हुँदा प्रशासनिक र वित्तीय कार्यान्वयन समस्या भएको बताए।

अर्को एक प्रसङ्गमा मन्त्री शर्माले विगतमा वास्तविक किसानसम्म अनुदानका कार्यक्रम नपुगेको गुनासो आएकाले अनुदानभन्दा पनि किसानलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए।

बैङ्किङ तरलता हुँदा ऋण उपलब्ध गराउन समस्या भएको बताउँदै उनले अनुदान वास्तविक किसानसम्म पुगे नपुगेको र निरन्तरता भए नभएको अनुगमन गर्न प्रदेशबाटै अनुगमन टोली गठन गरिने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस