नयाँ हवाई उडान व्यवस्था लागू गर्दै प्राधिकरण « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नयाँ हवाई उडान व्यवस्था लागू गर्दै प्राधिकरण


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी गृष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । 

प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो । 

हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउनको लागि हवाई उडान सम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सिकागो सम्मेलनका मापदण्ड बमोजिम ३-३ वा ६-६ महिनामा नेपालको हवाई उडान क्षेत्रको सुरक्षित बनाउनको लागि नियम परिमार्जन गर्ने गरिएको छ ।

२७ जनवरीदेखि ३१ जनावरीसम्म प्राधिकरण आन्तरिक र हवाई उड्डयन क्षेत्रमा लामो समय काम गरेका विज्ञहरूसँगको छलफलबाट पाँचवटा नियम लागू गर्ने तयारी गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । सूचना अधिकारी भुलले विमान दुर्घटना भएर नयाँ व्यवस्था लागू गर्न लागिएको नभएर प्राधिकरणको नियमित प्रक्रिया भएको पनि बताए ।  

उनले प्राधिकरणले लागू गर्ने नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक आठ घण्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने व्यवस्था गर्न लागेको बताए । उनले हाल दैनिक दस घण्टा उडान र १० वटा अवतरण गर्न पाउने व्यवस्था रहेको बताए । उनले आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने बताए । उनले पहाडी क्षेत्रमा हुने उडान सट टेक अफ ल्यान्डिङ (स्टल) मा विमान जमिनको तहबाट सधैँ ५०० फिट माथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा विमान जमिनको सतहबाट कम्तीमा एक हजार फिट माथि हुनुपर्ने बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस