एक त्रैमास ऋण असुल नहुँदैमा सूचना निकालिहाल्नु पर्दैन : गभर्नर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक त्रैमास ऋण असुल नहुँदैमा सूचना निकालिहाल्नु पर्दैन : गभर्नर


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले ग्राहकलाई दुःख दिन नहुने बताएका छन् । बुधबार अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैङ्कले ग्राहकलाई अप्ठेरोमा पार्न नहुने बताएका हुन् ।

‘बजारमा बैङ्कले दुःख दिए भन्ने कुरा आएको छ । यो अवस्थामा सबैलाई समस्या छ । यसमा बैङ्कहरूले पनि बुझिदिनुपर्‍यो,’उनले भने, ‘हामीले पटक-पटकको छलफलमा पनि भनेका छौँ । एक त्रैमासमा ऋण असुल नभए सूचना निकालिहाल्नु पर्दैन ।’

उनले नेपालको अर्थतन्त्रको संरचनागत सुधार गर्नुपर्ने चरणमा रहेकाले यसलाई चरणबद्ध रूपमा सुधार गर्दै जानुपर्ने चुनौती रहेको पनि बताए । आयातमा मात्र निर्भर हुन नहुने भन्दै उनले यसको निकास खोजिने बताए ।

अन्तरबैङ्क ब्याजदर घट्दै गएकाले अर्थतन्त्र सुधारको बाटोमा गएको देखिएको उनको भनाइ छ । बजारमा गएको सामानको उधारो उठ्न नसक्दा देशमा एक खालको मन्दी छाएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस