निगमद्वारा डिजेल चोरीमा संलग्नलाई कारबाही  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निगमद्वारा डिजेल चोरीमा संलग्नलाई कारबाही 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले डिजेल चोरीमा संलग्नलाई कारबाही गरेको छ । निगमको अमलेखगञ्ज डिपोबाट विराटनगर हिँडेको ट्यांकरबाट डिजेल चोरी भएको खुलासा मङ्गलवार भएको हो । तेल चोरी भएको खुलेपछि बुधबार निगमले ढुवानीमा संलग्न ट्याङ्कर, चोरीको तेल किन्ने पम्प र चोरी भएको ट्याङ्कर चालकलाई समेत कारबाही गरेको हो ।

निगमले चोरी भएको ट्याङ्करका चालक र सहचालकलाई सधैँ भरिका लागि ढुवानीमा संलग्न हुन रोक लगाएको छ भने डिजेल ढुवानीकर्ता कम्पनीका गुणराज निरौलालाई तीन महिनाका लागि निलम्बन गरिएको निगमले जनाएको छ ।

यस्तै, चोरीको डिजेल किन्ने भण्डार आयल स्टोर र दिलीप ट्रेडर्सलाई एक-एक लाख रुपैयाँ जरिवाना गरिएको र ६ महिनाका लागि इन्धन आपूर्ति रोक्का गरिएको पनि निगमले जनाएको छ । घटनाबारे थप अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाएको पनि निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

निगमसँग करार सम्झौता भएको को १ ख ३६५५ नम्बरको ट्याङ्कर अमलेखगञ्जबाट २० हजार लिटर डिजेल लोड गरी प्रादेशिक कार्यालय विराटनगर जाँदै गर्दा सम्पर्कविहीन भएको थियो । निगमले स्टक ट्रान्सफर गरिएको उक्त ट्याङ्कर इलाका प्रहरी कार्यालय रुपनीले सप्तरी भन्दा करिब २ किलो मिटर उत्तर तर्फ कच्ची सडकमा १४ माघमा फेला परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस