‘१५ दिनभित्रै संसद् नियमावली निर्माण गर्छौ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘१५ दिनभित्रै संसद् नियमावली निर्माण गर्छौ’


१८ माघ २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संसद् नियमावली निर्माण कार्यलाई तीव्रता दिएको छ । 

बुधवार संसद् भवनमा बसेको समितिको बैठकले आफूलाई नियमावली निर्माणका लागि दिइएको १५ दिनको समय भित्र नै नियमावली निर्माण सक्नेगरी छलफल अघि बढाएको बताएको हो । 

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले नियमावलीमा प्रस्तावनादेखि विभिन्न नियमहरूमा छलफल अघि बढाइरहेको बताए । 

उनले नियमावलीमा प्रत्येक पटक संसद् अधिवेशन सुरु भइसकेपछि नियमावली परिमार्जन गर्ने विगतदेखिकै अभ्यास रहेको र सोही अनुसार नियमावली निर्माण गर्न १५ दिनको समयमै सक्नेगरी नियमावली निर्माण प्रक्रिया अघि बढाइएको बताए ।  

प्रतिनिधि सभाले नियमावली मस्यौदा समितिमा २१ जना सदस्य तोकेको छ । गत माघ  १३ गते समितिको पहिलो बैठक बसेको थियो ।   

Tags :
प्रतिक्रिया दिनुहोस