थाती रहेका विधेयक तत्काल संसदमा पेस गर्न निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

थाती रहेका विधेयक तत्काल संसदमा पेस गर्न निर्देशन


१८ माघ २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरू तत्काल संसदमा पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले जानकारी दिए।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसद्लाई बिजनेस दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे।

मन्त्री किराँतीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस