प्रतिनिधि सभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधि सभामा आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस


१८ माघ २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधि सभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेस गरिएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेस गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस