रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रास्वपा खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । रास्वपाको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगका सचिवलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उम्मेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरू अवैध हुने भएकाले युवराज पौडेलले तत्काल पार्टी खारेजको माग गरेका हुन् ।

१ जना गैर नागरिक उपप्रधान तथा गृहमन्त्री हुँदा राष्ट्रिय गोपनीयता भङ्ग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क छ ।

Tags :
प्रतिक्रिया दिनुहोस